NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

राजदूत यान्छीले भनिन्, ‘ताइवान मामिलामा नेपालले चीनको पक्ष लिनेमा विश्वस्त छु’

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले ताइवान मुद्दामा नेपालले चीनको समर्थन गर्ने कुरामा आफू विश्वस्त रहेको बताएकी छिन् ।

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणका कारण चीन–अमेरिका तनाव सिर्जना भएको विषयलाई लिएर आफ्नो धारणा सार्वजनिक गर्दै उनले बुधबार बिहान यस्तो बताएकाे चिनियाँ दूतावासले जनाएको छ ।

नेपाल र चीन एक अर्काका घनिष्ट छिमेकी मित्रराष्ट्र भएकाले नेपाल एक चीन नीतिमा दृढता रहेकोमा आफू विश्वस्त रहेको यान्छीले बताएकी हुन् ।

सो अवसरमा उनले दुवै देशले एक–अर्काको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डतालाई बुझ्दै आएको स्मरणसमेत गरिन् ।

‘नेपाल सरकार र यहाँका जनताले एक चीन सिद्धान्तको पालना गरिरहनेछन् भन्ने हामीले विश्वास लिएका छौं’, राजदूत यान्छीले भनेकी छिन् ।

अमेरिकासँग किन रिसाइरहेको छ चीन ?