NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

डा. दीपक काफ्ले सचिवमा बढुवा

काठमाडौं । सरकारले सहसचिव डा.दीपक काफ्लेलाई सचिवमा बढुवा गरेको छ । आज बिहीबारको मन्त्रिपरिषद्को बैठकले सहसचिव काफ्लको बढुवा गरेको हो ।

हाल उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा श्रम तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने अनिवार्य अवकाशमा गएसँगै सचिव बढुवाको प्रस्ताव गएको हो ।

बढुवा सिफरिस समितिले काफ्लेसँगै सहसचिवद्वय नारायणप्रसाद दुवाडी र दिनेश घिमिरेको पनि नाम सिफारिस गरेको थियो ।