NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

चुनाव घोषणापछि नेतृत्व लिन चाहनेलाई रविको अपिल, ‘परिवर्तनको घण्टी सँगै बजाऔं’

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव घोषणा भएसँगै नेतृत्व लिन चाहनेलाई सँगै अघि बढ्न अपिल गरेको छ ।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभाको चुनाव घोषणा गरेसँगै पार्टीले सबैलाई मिलेर परिवर्तनको घण्टी बजाउन आग्रह गरेको हो ।

‘देशभर आमूल परिवर्तनका लागि नेतृत्व लिन चाहने साथीहरूलाई सँगै अगाडी बढेर चुनावमा परिवर्तनको घण्टी सँगै बजाउनका लागि हार्दिक अनुरोध गर्दछौं,’ जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सरकारको यो निर्णयलाई पार्टीले स्वागत गरेको र निष्पक्ष निर्वाचनको आशा गरिएको विज्ञप्तीमा जनाइएको छ ।

त्यस्तै निर्वाचन आयोगले चुनावलाई निष्पक्ष रूपमा सम्पन्न गराउन भूमिका खेल्नेबारे विश्वस्त रहेको पार्टीले जनाएको छ ।