NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

सर्वोच्च पुगेकी निहारिकालाई प्रहरीले बच्चासहित नियन्त्रणमा लियाे

काठमाडौं । न्याय माग्दै सर्वोच्च अदालत पुगेकी ‘कुमारी आमा’ निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई वर्षका छोरा च्यापेर सवोच्च पुगेकी उनलाई प्रहरीले बल प्रयोग गर्दै नियन्त्रणमा लिएको हो ।

आफूलाई एक पुरुषले बलात्कार गरेर छोरा जन्मिएको निहारिकाको दाबी छ । तर, जिल्ला अदालतले आरोपीलाई सफाइ दियो । त्यसपछि उनले जनकपुर उच्च अदालतमा पुनरावेदन गरेकी छिन् ।

आरोपीलाई पक्राउ गर्नुपर्ने र बच्चाको डिएनए परीक्षण गर्नुपर्ने लगायतका माग राख्दै निहारिकाले तीन दिनदेखि वसन्तपुरमा आमरण अनशन सुरू गरेकी थिइन् । उनी आज न्याय माग्दै सर्वोच्च आएकी थिइन् ।