सर्वोच्च पुगेकी निहारिकालाई प्रहरीले बच्चासहित नियन्त्रणमा लियाे
काठमाडौं । न्याय माग्दै सर्वोच्च अदालत पुगेकी ‘कुमारी आमा’ निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई वर्षका छोरा च्यापेर सवोच्च पुगेकी उनलाई प्रहरीले बल प्रयोग गर्दै नियन्त्रणमा लिएको हो ।
आफूलाई एक पुरुषले बलात्कार गरेर छोरा जन्मिएको निहारिकाको दाबी छ । तर, जिल्ला अदालतले आरोपीलाई सफाइ दियो । त्यसपछि उनले जनकपुर उच्च अदालतमा पुनरावेदन गरेकी छिन् ।
आरोपीलाई पक्राउ गर्नुपर्ने र बच्चाको डिएनए परीक्षण गर्नुपर्ने लगायतका माग राख्दै निहारिकाले तीन दिनदेखि वसन्तपुरमा आमरण अनशन सुरू गरेकी थिइन् । उनी आज न्याय माग्दै सर्वोच्च आएकी थिइन् ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया