NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

अब सहकारीहरूको पनि एटिएम कार्ड

काठमाडौं । अबदेखि सहकारीहरूले पनि आफ्ना बचतकर्ता तथा सदस्यलाई एटिएम कार्ड दिने भएका छन् । राष्ट्रिय सहकारी बैंकको २० औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममार्फत सहकारीहरूको कार्ड सेवा थालनी भएको छ ।

स्मार्ट च्यावइस टेक्नोलोजिज (एससिटी), राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकको सहकार्यमा कार्ड सेवाको सुरुवात भएको हो ।

ग्लोबल आइएमई बैंकमार्फत युनियन पे कार्ड जारी भई राष्ट्रिय सहकारी बैकमार्फत सहकारीहरूले प्रदान गर्नेछन् । यसमा पिएसओका रूपमा एससिटीले जिम्मेवारी लिएको छ । यसरी प्रदान हुने कार्ड अन्तर्राष्ट्रियस्तरको चिपयुक्त हुने र कन्ट्याक्टलेस प्रविधिमा आधारित रहेको एससिटीले जनाएको छ । यो कार्ड नेपाल तथा भारतका एटिएम तथा पोस मेसिनमा प्रयोग गर्न सकिनेछ, कान्तिपुर दैनिकमा खबर छ ।