NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सुनचाँदीको मूल्य स्थिर

काठमाडाैं । सोमबार सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य आइतबारकै मूल्यमा कारोबार भइरहेको हो ।

आइतबार छापावाल सुन ५ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मूल्य पनि आइतबारकै मूल्य अर्थात ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि स्थिर छ । महासंघका अनुसार सोमबार चाँदी आइतबारकै मूल्य एक हजार २ सय ५ रुपैयाँमा कारोबार भएको छ ।