NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

यसरी बन्यो इजरायल र विद्रोही लडाकू समूहबीच युद्ध विराम गर्ने सहमति

एजेन्सी । इजरायल र विद्रोही लडाकू समूहका बीचमा युद्ध विराम गर्ने सहमति भएको छ । सोमबार मध्यरातदेखि लागू हुनेगरी युद्ध विरामको सहमती भएको इजरायलका प्रधानमन्त्री याइर लापिडले पुष्टि गर्रेका छन् ।

लामो समयदेखि उनीहरूका बीचमा युद्ध चलिरहेको भएपनि पछिल्ला तीन दिन लगातार भिडन्त भएको थियो । भिडन्तमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको थियो । ठूलो क्षति र सर्वत्रको दबाबपछि युद्ध विराम गर्न दुवै पक्ष सहमत भएका हुन् ।

इजिप्टका मध्यस्थकर्ताहरूको सहयोगमा युद्धविराम भएको खबर थाहा पाएपछि स्थानीय बासिन्दाले खुशीयाली मनाएका छन् । इजरायलबाट भइरहेको आक्रमण रोक्न इजिप्टले पहल गरेर युद्ध विरामको वातावरण बनाएकोमा इस्लामिक जिहादका प्रवक्ताले खुशी व्यक्त गरेका छन् ।

इजरायलले गत सोमवार राति इस्लामिक जिहादका प्रमुख भनिएका बसिम सादीलाई पक्राउ गरेपछि तनाब बढेको थियो । इरानले समर्थन गरेको इस्लामिक जिहाद समूह गाजामा सक्रिय सबैभन्दा बलियो विद्रोही समूह मानिन्छ।

इजरायली हवाई आक्रमणमा गाजामा दोस्रो शीर्ष इस्लामिक जिहाद कमाण्डर मारिए