NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

सयपत्री हाइड्रोपावरको आइपिओ बाँडफाँट हुने मिति तोकियो

काठमाडाैं । सयपत्री हाइड्रोपावर लिमिटेडको आईपिओ मंगलबार बाँडफाँट हुने भएको छ। हाइड्रोपावरको मंगलबार बिहान १० बजे आइपिओ बाँडफाँट गर्ने तयारी गरेको छ ।

हाइड्रोपावरले साउन १३ गतेदेखि ७ लाख २१ हजार ६० कित्ता बराबरको सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको थियो । जसमध्ये ५५ अर्थात ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २५ अर्थात १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको थियो ।

कम्पनीको आइपिओमा १५ लाख २३ हजार ७०३ आवेदनबाट एक अर्ब ७२ करोड ४५ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४५ हजार ८० कित्ता शेयरको लागि आवेदन परेको बिक्रि क्यापिटलले जनाएको छ । कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले शेयर वितरण हुने जनाएको छ ।

त्यस अनुसार ७६ हजार ५८ जनाले मात्रै शेयर पाउनेछन् । कम्पनीको बिक्री प्रबन्धकमा एनआइविएल एस क्यापिटल रहेको छ ।