NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

आकर्षक श्रम गन्तव्यमा बढ्यो नेपालीको माग

काठमाडौं । सरकारले पछिल्लो समय आम्दानी धेरै हुने नयाा श्रम गन्तव्यसँग धमाधम सम्झौता गर्दै नेपालबाट दक्ष जनशक्ति पठाउन थालेको छ । सरकारले यही वर्षभित्र जापान र इजरायलमा दक्ष श्रमिक पठाउने गरी योजना अघि बढाएपछि धेरै पारिश्रमिक पाउने श्रम गन्तव्यमा नेपाली युवाले रोजगारी पाउने भएका छन् ।

एक वर्षयता सरकारले मासिक २ लाख रूपैयाँभन्दा बढी पारिश्रमिक पाउने नयाा रोजगार गन्तव्य जापान र इजरायलमा युवा पठाउने तयारी गरेकोमा इजरायलमा भने सुरु भइसकेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले केही दिनयता जापानमा पनि नेपाली पठाउने योजनासहित काम अघि बढाएको छ ।

सरकारले स्वदेशमा नै रोजगारी सिर्जना गरी बाध्यात्मक वैदेशिक रोजगारीलाई कम गर्ने जनाए पनि कोरोना संक्रमणपछिको बेरोजगारी दर थेग्न नसकेपछि विकल्पका रूपमा वैदेशिक रोजगारीलाई प्रवद्र्धन गर्न थालेको छ ।
मन्त्रालयले इजरायलमा ५ सयभन्दा बढी नेपाली पठाइसकेको छ भने बाँकी रहेका ६०० श्रमिकलाई पनि पठाउने सम्बन्धमा भिसा जारी भइरहेको छ । यसैगरी जापानी भाषा र सीप परीक्षा उत्तीर्ण नेपाली छिट्टै जापान पठाउने तयारीसहितका प्रक्रिया सुरु गरेको मन्त्रालयका उपसचिव थानेश्वर भुसालले जानकारी दिए, कारोबार दैनिकमा खबर छ ।