NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि फोहरलाई असरल्ल पार्न सकिँदैन : मेयर शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहर बोकेका गाडी र सडक मर्मतमा प्रयोग भएका डोजर तोडफोड भएको विषयबारे बोलेका छन् ।

उनले मंगलबार सामाजिक सञ्जालमार्फत यसबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

मेयर शाहले केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाको फोहरलाई अव्यवस्थित र असरल्ल पार्न नसकिने स्पष्ट पारेका छन् ।

वर्षौंदेखि अव्यवस्थित भएको फोहरलाई व्यवस्थित गर्दा चरणवद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको उनको आरोप छ ।

त्यसै क्रममा सिस्डोल–बञ्चरेडाँडा सडकखण्डको आलेटारमा अपरिचित समूहले फोहर व्यस्थापनमा प्रयोग भएका टिपर र डोजर तोडफोड गरेको उनको भनाइ छ ।

May be an image of outdoors

यस्तो छ मेयर शाहको भनाइ :

फोहर व्यवस्थापनप्रति हामी सुरुवातदेखि नै संवेदनशील र क्रियाशिल छौँ । यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो । बर्षौँदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको छ ।

यसै क्रममा सोमबार राति फोहर व्यवस्थापनमा प्रयोग हुने साधनहरूको तोडफोड भएको छ । फोहर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा हामीले यसलाई लिएका छौँ ।

कानुनीरुपमा पनि फोहोर बोक्ने साधनहरूको तोडफोड जघन्य अपराध हो । कानुनबमोजिम अपराधीहरूलाई कडाभन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट छ । तोडफोड गर्नेहरूबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनु पर्छ । यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरूसँग समन्वय गरिरहेको छ ।

केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाको फोहरलाई अव्यवस्थित र असरल्ल पार्न सकिँदैन । विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अवरोध गर्ने प्रयास कसैले पनि नगरौँ ।

फोहोर बोकेका काठमाडौं महानगरपालिकाका सवारीसाधनमाथि तोडफोड

नर्भिक अस्पताल र महानगरबीच सम्झौता