NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

एमालेले भदौमा कार्यकर्तालाई स्कुल चलाउने

काठमाडौं । एमालेको केन्द्रीय स्कुल विभागले भदौदेखि कार्यकर्ताका लागि नियमित रूपमा स्कुल चलाउने भएको छ ।

विभागको बैठकले कार्ययोजना पारित गर्दै भदौदेखि नियमित रूपमा स्कुल चलाउने निर्णय गरेको उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले बताए ।

प्रशिक्षण जनसंगठनबाट सुरु गर्न लागिएको छ । २ भदौदेखि पार्टी कार्यालय च्यासलमा दिइने प्रशिक्षणमा पहिलो लटमा अनेरास्ववियु र दोस्रो लटमा युवा संघका कार्यकर्ता सहभागी हुनेछन् ।

त्यसपछि क्रमशः सबै जनसंगठनलाई प्रशिक्षण दिइने र भदौभित्रै आठवटा जनसंगठनका पदाधिकारी तथा सदस्यहरूलाई प्रशिक्षण दिइसक्ने योजना रहेको उपमहासचिव ज्ञवालीले बताए ।

तीनदिने प्रशिक्षणमा मार्क्सवादी दर्शन, पार्टी जीवनमा त्यसको प्रयोग, जनताको बहुदलीय जनवाद, समृद्ध नेपालको निर्माण, पार्टीको दशौं महाधिवेशनको कार्यदिशा , आजको सन्दर्भमा संगठनात्मक व्यवस्थापन र पार्टी जीवनमा सूचना प्रविधिको प्रयोगलगायत विषयमा नेताहरूले प्रशिक्षण दिने योजना विभागले बनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।