NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

प्रधानमन्त्री सचिवालयको विशेष दबाबमा १०१ जनाको नाम विभूषणको लागि सिफारिस

काठमाडौं । संविधान दिवसकाे अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण प्रदान गर्नका लागि विभिन्न क्षेत्रका व्यक्तिको नाम संकलन सुरू भएको छ ।

साेही क्रममा प्रधानमन्त्रीको सचिवालयले विशेष दबाबमा विभिन्न क्षेत्रका १०१ जना व्यक्तिको नाम सिफारिस गरेको स्रोतले बतायो । सचिवालय स्रोतका अनुसार सूचीमा रहेका यी व्यक्तिलाई विभूषण दिलाउन सचिवालयको विशेष रूची छ । यसवाहेक अन्य नामहरू पनि विभूषणका लागि संकलन भइरहेका छन् ।

सचिवालयबाट विभूषणका लागि सिफािरिस भएकाे सूचीमा स्वास्थ्य, निजामती, कलाकारिता, समाजसेवा, वित्तीय, नेपाल प्रहरी, सेना, साहित्य, संस्कृतिलगायतका विधामा कार्यरत व्यक्तिहरूको नाम सिफारिस भएको छ ।

स्वास्थ्य सेवातर्फ टिचिङ अस्पतालका कालिप्रसाद रोश्यारा, सुमित बोहरा (जनस्वास्थ्य), सेती अञ्चल अस्पतालका डा. मिराज अधिकारी र डडेल्धुराबाट डा. चेतराज भट्टको नाम सिफारिस भएको छ ।

निजमतीतर्फ विभूषणका लागि विभिन्न मन्त्रालय तथा प्रदेशमा कार्यरत २७ कर्मचारीको नाम सिफारिस भएको छ ।

साहित्य क्षेत्रमा प्रवल जनसेवा श्री चुतुर्थबाट सम्मानका लागि कवि कुशू क्षेत्रीको नाम सिफारिस भएको छ । त्यस्तै सोही सम्मानका लागि गायिका द्वय रिना केसी कलाकार र दुतबहादुर गुरूङको नाम सिफारिस गरिएको छ ।

पत्रकारितातर्फ चारजनाको नाम सिफारिस भएको छ । जसमा प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारसमेत छन् ।

शिक्षातर्फ स्यांजाका शिक्षाविद् कृष्णप्रसाद अधिकारीलाई प्रवल जनसेवा श्री चतुर्थ, शिक्षक श्यामकाजी श्रेष्ठलाई जनसेवा श्री पञ्चम, रामबहादुर देउवालाई प्रवल जनसेवा श्री चतुर्थ र प्राचार्य सुरेन्द्रबहादुर कार्कीलाई विभूषणका लागि सिफारिस गरिएको छ ।

विभूषणका लागि नेपाली सेनाबाट चार, सशस्त्र प्रहरी बलबाट ९ र नेपाल प्रहरीबाट १८ जनाको नाम सिmफारिस भएको छ । उपत्यकाका विभिन्न बैंकका आठजना बैंकरको नाम सिफारिसमा परेको छ । त्यस्तै, समाजसेवातर्फ २० जना सेमाजसेवीको नाम सिफारिस भएको छ ।

सरकारले हरेक वर्ष संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउनेहरूलाई सम्मानस्वरूप विभूषण प्रदान गर्दै आएको छ ।

वर्षको असार मसान्तभित्र विभिन्न निकायहरूबाट विभूषण समितिमा प्राप्त सिफारिसहरूबाट समितिले मन्त्रिपरिषद्मा सिफारिस गर्छ ।

हेरौँ सुचीः