NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

Xiaomi Mix Fold 2 आज चीनमा लन्च हुँदै, के-के छन् विशेषाता ?

Xiaomi को फोल्डेबल फोन Xiaomi Mix Fold 2 चीनमा आज अर्थात् अगस्ट ११ मा लन्च हुँदैछ। Xiaomi Mix Fold 2 कम्पनीको दोस्रो फोल्ड गर्न मिल्ने फोन हुनेछ।

Xiaomi Mix Fold 2 सँगसँगै Xiaomi Pad 5 Pro 12.4 र Buds 4 Pro पनि लन्च गरिनेछ। Xiaomi Mix Fold 2 फोल्ड गर्न मिल्ने भए पनि यो फोन ५.४ एमएम पातलो हुने बताएको छ । Xiaomi को यो कार्यक्रममा Xiaomi Watch S1 Pro पनि लन्च गरिनेछ।

Xiaomi Mix Fold 2 को अन्य सुविधाहरूको बारेमा कुरा गर्दा यसले माइक्रो वाटरड्रप हिङ्ग पाउनेछ जुन Xiaomi आफैंले तयार पारेको हो। Xiaomi Mix Fold 2 को डिजाइन Xiaomi Mix Fold जस्तै हुनेछ। फोनमा Leica ब्रान्डिङ भएको क्यामेरा हुनेछ। यसमा पञ्चहोल शैलीकाे  क्यामेरा पनि हुनेछ।

Xiaomi Mix Fold 2 सँग तेर्सो रियर क्यामेरा सेटअप पाउन सकिन्छ।

केही दिन अघि बाहिरिएकाे रिपोर्ट अनुसार, शाओमी मिक्स फोल्ड २ मा ६.५ इन्च र अन्य ८ इन्चको डिस्प्ले हुनेछ। डिस्प्लेको रिफ्रेस दर 120Hz हुनेछ। डिस्प्लेसँग LTPO प्रविधि पनि उपलब्ध हुनेछ।

भनिन्छ कि Xiaomi Mix Fold 2 को डिस्प्लेमा DC dimming सुविधा हुनेछ जुन आँखाको सुरक्षालाई मध्यनजर गरेर राखिएको हो ।