NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

‘नाडा इभी एक्सपो २०२२’ आयोजना हुँदै

काठमाडाैं । नाडा अटोमेबाइल एशोशिएसन अफ नेपालले नाडा इभी एक्सपो २०२२ गर्ने निर्णय गरेको छ ।

नाडाका अध्यक्ष धुव्र थापाको अध्यक्षतामा आज बसेको नाडाको केन्द्रीय कार्य समितिको आठौ बैठकले पहिलो पटक ‘नाडा इभि एक्सपो २०२२’ गर्ने निर्णय गरेको हो ।

उक्त इभी एक्सपो आउँदो असोज ६ गते देखि ९ गतेसम्म काठमाडाैंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुन लागेको नाडाले जनाएको छ ।

यसभन्दा अघि नाडाले भदाै ७ गतेदेखि १२ गतेसम्म गर्ने भनेको नाडा अटो शो स्थगित गरेको थियो । सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भाद्र १४ गतेसम्मको लागि विस्तार गरेपछि नाडाले ‘नाडा अटो शो’ स्थगित गरी विशुद्ध  ‘इभि एक्सपो २०२२’  गर्ने निर्णय गरेको हो ।

नाडाले सन् १९९८ देखि नाडा अटो एक्सपो गर्दे आएको छ । नाडाले भदाै १ गते देखि ५ गतेसम्म स्टल बुकिङका लागि सूचनासमेत प्रकाशित गरिने नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिए ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सम्बन्धित सवैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दे सवैबाट आवश्यक सहयोगको लागि आग्रह समेत गरेका छन् ।