NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

हुमागाईँ राष्ट्रिय फुटबल टोलीको कार्यवाहक प्रशिक्षक नियुक्त

काठमाडौं । प्रदीप हुमागाईँलाई नेपाली राष्ट्रिय फुटबल टोलीको कार्यवाहक प्रशिक्षक नियुक्त गरिएको छ ।

नेपाल र बंगलादेशबीच हुने मैत्रीपूर्ण खेलका लागि हुमागाईँलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा असोज ११ गते हुनेछ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अनुपस्थित हुने भन्दै एन्फाको कार्यसमिति बैठकले हुमागाईँलाई प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

तर बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अलमुताइरीले यसअघि नै २६ खेलाडीलाई प्रशिक्षणमा बोलाउन एन्फासँग पत्राचार गरेका छन् ।

अमेरिका बस्दै आएका हुमागाईँले एक दशकअघि थ्री स्टार क्लबलाई लिग च्याम्पियन बनाएका थिए । गत वर्ष नेपाल सुपर लिग (एनएसएल)मा उनले ललितपुर सिटी एफसी क्लबको प्रशिक्षण गरेका थिए ।

हुमागाईँसँग अमेरिकामा प्रशिक्षण गरेको अनुभव पनि छ ।

 

एनएसएल असोजदेखि सुरु गर्न एन्फाको अनुमति