NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

निहारिकाले गरिन् आत्मदाह प्रयास

काठमाडौं । न्याय माग्दै एक सातादेखि आमरण अनशनमा रहेकी ‘कुमारी आमा’ निहारिका राजपुतले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेकी छिन् ।

उनले शुक्रबार राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर आत्मदाह प्रयास गरेकी हुन् ।

आफ्नो दुई वर्षको छोरासहित शीतल निवास अगाडि गएकी निहारिकाले शरीरमा पेट्रोल खन्याउनासाथ प्रहरीले उनलाई बचाएर नियन्त्रणमा लिएको थियो ।

जनकपुरका एक युवकले आफूलाई बलात्कार गरेको र त्यसबाट बच्चा जन्मिएको निहारिकाको आरोप छ । अदालतले ती युवालाई सफाइ दिएपछि उनी साउन २० देखि आमरण अनशनमा छिन् । ती युवा नै बच्चाको बाबु भएको भन्दै उनले बच्चाको डिएनए जाँच गराउन माग गरिहेकी छिन् ।

सर्वोच्च पुगेकी निहारिकालाई प्रहरीले बच्चासहित नियन्त्रणमा लियाे