NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

तनहुँमा अरिङ्गालले चिलेर एक जनाको मृत्यु

तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिका–५, छाङपाटनमा अरिङ्गालले चिलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३१ वर्षीय टोपबहादुर कुमाल रहेका छन् ।

सिसौको रुखमा रहेको अरिङ्गालको गोला बिहीबार राति पोल्ने क्रममा कुमाल घाइते भएका थिए । उनको गण्डकी अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

अरिङ्गालले चिलेर घाइते कुमाललाई तत्काल शुभलक्ष्मी पोलिक्लिनिक भिमाद हुँदै थप उपचारका लागि कास्कीको पोखरा पठाइएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष