NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

हर्क साम्पाङकाे व्यंग्य, ‘काठमाडौंको बिजोक देख्दा श्रमदान गर्न मन लाग्यो’

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री र मन्त्रीहरू बस्ने काठमाडौं सहरको बिजोक देख्दा आफूलाई श्रमदान गर्न मन लागेको बताएका छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लाग्यो !’ व्यंग्य गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो विजोक देख्दा श्रमदान गर्न मन लाग्यो !’

मेयर साम्पाङले धरान महानगरका जनतालाई श्रमदान गराइरहेका छन् । उनी आफू पनि गरिरहेका छन् । अहिले उनी काठमाडौंको भ्रमणका क्रममा छन् ।

फलामको पाइप बोकिरहेका मेयर साम्पाङले भने : चोरेर खान पो लाज मान्नु पर्छ त युवा हो !