NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

पहिरोमा एक्स्काभेटर पुरिँदा चालकको मृत्यु

कर्णाली । डोल्पाको त्रिपरासुन्दरी नगरपालिका–३ स्थित जिउभन्ने स्थानमा एक एक्स्काभेटर पहिरोमा पुरिँदा चालकको मृत्यु भएको छ ।

आज बिहान करिब ९ बजेतिर बाटो खनिरहेको अवस्थामा माथिबाट पहिरो आएर एक्स्काभेटर पुरिएको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । एक्स्काभेटर पुरिदा नेपालगञ्ज उपमहानगरपालिका १९ बाँके राझा मोहोनपुर निवासी करिब ३२ वर्षीय सुरज बसाल मगरको मृत्यु भएको उनले बताए ।