NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

किन पटक–पटक रद्द भइरहेछ ब्राजिल र अर्जेन्टिनाबीचको खेल ?

काठमाडौं । ब्राजिल र अर्जेन्टिनाबीचको फुटबल खेल फेरि रद्द भएको छ । यससँगै चौथौपटक यो खेल रद्द भएको हो ।

विश्वकप छनोटअन्तर्गत यसअघि रोकिएको यी दुई देशबीचको खेल यसअघि अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा जुन ११ मा हुने तय भएको थियो । पछि रद्द भयाे ।

त्यसअघि यो खेल बेलायतको लण्डनमा हुने भनिएको थियो । फेरि रद्द भएर युरोपको कुनै देशमा हुने भनियो । त्यो पनि रद्द भएर यसै वर्षको सेप्टेम्बरमा ब्राजिलमा नै हुने तय भएको थियो ।

ब्राजिलका मुख्य प्रशिक्षक टिटेले त्यहाँको फुटबल संघलाई अनुरोध गर्दै फेरि यो खेल रद्द गराएका छन् ।

गत वर्षको सेप्टेम्बरमा ब्राजिलमा खेल भइरहँदा त्यहाँका स्वास्थ्य अधिकारीले उक्त खेल रोकेका थिए । चार अर्जेन्टिनी खेलाडीले कोरोना नियम नमानेको आरोप लगाउँदै खेल रोकिएको हो ।

ब्राजिल र अर्जेन्टिनाको राष्ट्रिय टोलीमा युरोपका क्लबबाट खेलाडीको बाहुल्यता छ । यसर्थ, यो खेल दक्षिण अमेरिकामा हुन लागेकोमा ब्राजिलका प्रशिक्षक टिटे असन्तुष्टि रहेको बताइएको छ ।

अर्कोतिर, अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनी पनि विश्वकपको मुखैमा ब्राजिलजस्तो चिरपरिचित प्रतिद्धन्द्धीसँग कडा टक्कर गरेर आफ्ना खेलाडीको फिटनेसमा समस्या पैदा गर्न चाहिरहेका छैनन् ।

यस्तै, अर्जेन्टिना ३३ खेलसम्म अपराजित छ । नयाँ कीर्तिमान राख्ने दाउमा छ । यस्तोमा अहिले नै उ ब्राजिलजस्तो बलियो टेलीसँग भेट्न चाहँदैन ।

यसर्थ, विश्वकपअघि हुने खेलका लागि प्रशिक्षक स्कालोनी युएई र क्यानडाजस्ता सहज टोली चाहिरहेका छन् ।

त्यस्तै, ब्राजिलका प्रशिक्षक टिटे पनि अर्जेन्टिनाजस्तो लयमा रहेको टोलीसँग खेलेर विश्वकपअघि जोखिम मोल्न चाहिरहेका छैनन् । गत वर्ष आ–आफ्नै देशमा कोपा अमेरिकाको फाइनल हारेपछि ब्राजिल अर्जेन्टिनासँग सजग छ । सायद, ब्राजिल त्यसको बदला सानोतिनो खेलमा होइन विश्वकपमै लिन चाहन्छ । दुवै समूह विजेता बनेर जित्दै गएमा ब्राजिल र अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा भेट हुने पक्का छ ।

अर्कोतिर, दुवै टोली सहज तरिकाले विश्वकपमा छनोट भइसकेपछि यो खेलको औचित्य पहिले नै सकिइसकेको स्थिति छ ।

विश्वविजेता फ्रान्सका स्ट्राइकर बेन्जेमाले आफ्नै देशलाई प्रमुख दाबेदार मानेनन्, छाने अर्कै देश

यस्तो अवस्थामा मात्रै मेसीको अर्जेन्टिना फाइनलमा पुग्न सक्छ : हेनरी