NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कस्तो छ सलमान रुस्दीको स्वास्थ्य अवस्था ?

न्युयोर्क । विश्वचर्चित लेखक सलमान रुस्दीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । उनको स्वास्थ्य स्थिर भएसँगै उनलाई चिकित्सकले भेटिलेटरबाट निकालेर सामान्य शय्यामा उपचार गरिरहेका छन् । उनी बोल्न थालेका छन् । रुस्दीका साथी आतिश तासीरले उनले ख्यालठट्टा गर्न थालेको सामाजिक सञ्जालमा लेखेका छन् ।

विवादास्पद ‘सटानिक भर्सेस’का ७५ वर्षीय लेखकमाथि गत शुक्रबार पश्चिमी न्युयोर्कमा शुक्रबार आयोजित एक प्रवचन कार्यक्रममा २४ वर्षीय हादी माटरले चक्कु प्रहार गरी हत्याको दुष्प्रयास गरेका थिए । माटरले उनको घाँटी, पेट र हातमा चक्कुले पटक प्रहार गर्दा उहाँ गम्भीर घाइते भएका थिए ।

यसैबीच, आक्रमणकारी माटरले हत्या र आक्रमणको आरोपमा आफू दोषी नभएको बयान दिएका छन् भने अभियोजकले त्यसलाई पूर्वनियोजित अपराध भनेका छन् ।

पश्चिमी न्युयोर्कमा भएको बहसका क्रममा न्यायाधिवक्ता जेसन स्मिटले अभियुक्त हत्याको योजनाका साथ ‘फर्जी प्रवेशपत्र लिएर कार्यक्रमस्थलमा पुगेको र त्यो अग्रिमरूपमा उसलाई हासिल भएको’ बताएपछि न्यायाधीशले जमानतबिना नै उनलाई हिरासतमा राख्न आदेश दिएका छन् । कालो र सेतो पोशाक अनि अनुहारमा ‘मास्क’ लगाएको अभियुक्तलाई न्यायाधीशसमक्ष उपस्थित गराइएको थियो ।

लेखक, अभिव्यक्ति स्वतन्त्रताका पक्षधर, सरकारी अधिकारीले रुस्दीको साहसको सराहना गर्दै आफ्नो जीवनलाई जोखिममा पारेर उनले वाक् स्वतन्त्रताका निम्ति योगदान गरेको बताएका छन् । उनीहरूले रुस्दीलाई विश्वभरका सताइएका लेखक एवम् पत्रकारका प्रेरणाका पुञ्ज भएका बताएका छन् ।

लेखक एवम् कलाकार कल पेनले रुस्दी दक्षिण एशियालीका लागि उदाहरणीय एवम् आदर्श व्यक्ति हुन् भनेका छन् । स्वतन्त्र र खुला समाजका पक्षपाती रुस्दी सत्य प्रस्तुत गर्न नहिच्किचाउने साहसी सर्जक भएको उनले बताएका छन् ।

सन् १९८१ मा प्रकाशन भएको उनको उपन्यास ‘मिडनाइट्स चिल्ड्रेन’ भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको तीक्ष्ण आलोचना गरेका थिए । उक्त कृति सार्वजनिक भएको सात वर्षपछि छापिएको सटानिक भर्सेसले उनलाई विश्वभर चर्चाको चुलीमामात्र पु¥याएन अपितु इरानका तत्कालीन सर्वोच्च नेता अयातोल्लाह रुहोल्लाह खोमेनीले मृत्युदण्ड सुनाए । सटानिक भर्सेसले इस्लाम धर्म र पैगम्बर मोहम्मदको निन्दा गरेको आरोप छ ।

भेन्टिलेटरमा रूश्दी, एउटा आँखाको दृष्टि गुम्नसक्ने