NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

पत्रकार भण्डारीले लेखेको बालगीत ‘मिठी पापा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । पत्रकार जीवन भण्डारीले लेखेको नयाँ बालगीत ‘मिठी पापा’को भिडियो सार्वजनिक गरिएको छ । यो गीत व्यस्त बाबु–आमाले बालबालिकालाई समय दिन नपाएको विषयमा केन्द्रीत छोटो चलचित्र ‘आराध्या’ को शीर्ष गीत हो । बालगायिका आरसिया साहको स्वर रहेको गीतमा विशाल निरौलाले संगीत तथा एरेन्ज गरेका छन् ।

गीतमा बालबालिकाको चाहना र बाबु–आमाको आग्रहलाई समेटिएको पत्रकार भण्डारीले बताए ।

बाल्यकालदेखि नै बाल साहित्य सिर्जना गर्दै आएका पत्रकार भण्डारीका अरु पनि दर्जनौ बालसिर्जना छन् । पत्रकार भण्डारी अहिले राष्ट्रिय समाचार समितिमा उपसम्पादक र नेपाली रेडियो नेटवर्कमा समाचार निर्देशकका रुपमा कार्यरत छन् ।

चलचित्र र गीत दुवैमा कलाकारहरू आमीर गौतम, सुरविना कार्की, सफु बुढाथोकी, सफलता भण्डारी, प्रान्जल पोखरेल लगायतको अभिनय रहेको छ । गीत राम्रो इन्टरटेनमेन्ट युट्युब च्यानलमा राखिएको छ ।

दर्जनौं छोटा चलचित्र बनाइसकेका पत्रकार रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार छोटो चलचित्र आराध्या भने केही दिनमा सार्वजनिक गरिनेछ ।

हेरौं भिडियो :