NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

भारतमा फेरि बढ्यो कोरोना, २४ घण्टामा गयो ३६ को ज्यान

काठमाडौं । देशमा फेरि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ९ हजार ६२ नयाँ कोरोना संक्रमित थपिएका छन् । जुन अघिल्लो दिनको तुलनामा २४९ ले बढी हो ।

त्यसैगरी, थप ३६ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ ।

भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०५,०५८ पुगेको छ । महामारी सुरु भएदेखि हालसम्म भारतमा ५ लाख २७ हजार १३४ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

यसैबीच, दिल्लीका अस्पतालमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ । संक्रमित बढेसँगै अस्पताल भर्ना हुनेको संख्या पनि उकालो लागेको छ ।

पछिल्लो २४ घण्टामा दिल्लीमा ९१७ नयाँ कोरोना संक्रमित भेटिएका छन् भने तीन जनाको मृत्यु भएको छ ।

अधिकारीहरूले कोरोना संक्रमण फैलन सक्ने चेतावनी दिँदै महामारी समाप्त भएको नसोच्न आग्रह गरेका छन् ।