NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

निहारिकाको आरोप : शिवराज बलात्कारी हो, प्रहरीले लगायो अर्कै मुद्दा

काठमाडौं । ‘कुमारी आमा’ निहारिका राजपुत प्रकरणमा पक्राउ परेका शिवराज श्रेष्ठमाथि प्रहरीले अभद्र व्यवहारकाे मुद्दा लगाएको छ ।

श्रेष्ठलाई धनुषा प्रहरीले मंगलबार साँझ जनकपुरबाट क्षेत्रबाट पक्राउ गरेको थियो । निहारिकाले बलात्कारको आरोप लगाएको भए पनि उनी अर्कै कसुरका कारण पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीलाई दुर्व्यवहार गरेपछि श्रेष्ठलाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीबहादुर क्षेत्रीले बताए ।

‘प्रहरीले अनुसन्धान पनि त्यही सन्दर्भमा अगाडि बढाएको छ,’ उनले भने, ‘अभद्र व्यवहारमा अनुसन्धान गर्न उनीमाथि जिल्ला प्रशासन कार्यालयले पाँच दिनको म्याद दिएको छ ।’

श्रेष्ठले केही दिनयता विभिन्न सञ्चारमाध्यममा बयान दिँदै प्रहरी अधिकारीहरूलाई पनि आरोप लगाएका थिए । प्रहरीले यसैकारण पक्राउ गरेको बुझिएको छ ।

महेन्द्रनगरका श्रेष्ठमाथि निहारिकाले बलात्कार गरेर आफूलाई कुमारी आमा बन्न बाध्य गराएको भन्दै जिल्ला अदालत, धनुषामा मुद्दा हालेकी थिइन् ।

पछि अदालतले सफाइ दिएपछि निहारिका अहिले न्याय माग्दै काठमाडौं अनसनरत छिन् । आफ्नो बच्चाको बाबु श्रेष्ठ नै रहेको भन्दै डिएनए परीक्षणको माग गरिरहेकी छिन् ।

निहारिका भन्छिन्, ‘डिएनए नमिले मलाई सजाय दिइयोस्’

 

ताजा अपडेट

नेपालवाच विशेष