NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

पदाधिकारीमा सहमति नजुट्दा माओवादीको स्थायी समिति बैठक विनानिष्कर्ष टुंगियो

काठमाडौं । पदाधिकारी टुंगो लगाउन बसेकाे माओवादी केन्द्रको स्थायी समिति बैठक विनानिष्कर्ष टुंगिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान बसेको बैठकले पदाधिकारीको विषय टुंग्यान सकेन । बैठक शनिबारसम्मका लागि  स्थगित गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

आजको बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्ने कर्यतालिका रहेको थियो । माओवादीमा महासचिव छनोट सबैभन्दा पोचिलो बनेको छ ।

महासचिवमा जनार्दन शर्मा र वर्षमानबीच सहमति नजुट्दा प्रचण्डले विकल्पमा देव गुरुङको नाम अघि सारेका थिए । वरिष्ठ उपाध्यक्ष र तेस्रो तहको उपाध्यक्षमा प्रचण्डले यसअघि नै नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरालाई चयन भइसकेका छन् ।

उपमहासचिवमा पुन र शर्मालाई प्रस्ताव गर्ने र उपाध्यक्षमा गिरिराजमणि पोखरेलको सम्भावना बढेको छ । त्यस्तै अन्य चार उपाध्यक्षमा हरिबोल गजुरेल, गणेश साह, पम्फा भुसाल र दीनानाथ शर्माको सम्भावना रहेको छ । तीन सचिवमा देवेन्द्र पौडेल, चक्रपाणि खनाल र शक्ति बस्नेतकाे सम्भावना रहेकाे छ ।