NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

स्व. गिरीबारे देउवाले के भने ?

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता प्रदीप गिरीको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका हुन् ।

देउवाले गिरीलाई बैचारिक र समाजवादी चिन्तक रहेको बताउँदै उनले निधनको खबरले आफू निकै स्तब्ध भएको बताएका छन् ।

गिरीको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको उनको भनाइ छ ।

‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरीजीको निधनको खवरले निकै स्तव्ध भएको छु,’ देउवाले फेसबुकमा लेखेका छन्, ‘उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’

देउवा र गिरी लामो समय कांग्रेसको एउटै गुटमा रहेर सहकार्य गर्दै आएका थिए । गिरिजाप्रसाद कोइरालाविरुद्ध संघर्ष गर्दा देउवालाई गिरीले साथ दिएका थिए ।

गिरीको गएराति निधन भएको हो ।

गिरीलाई श्रद्धाञ्जली दिने समय आइतबार ९ देखि दुई बजेसम्म

को हुन् प्रदीप गिरी ?

ताजा अपडेट

नेपालवाच विशेष