NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक जारी

काठमाडौं । कांग्रेसको केन्द्रीय समितिको आकष्मिक बैठक जारी छ । नेता एवं समाजवादी चिन्तक प्रदीप गिरिको निधनपछि शोक प्रस्तावको लागि बोलाइएको आकष्मिक केन्द्रीय समितिको बैठक जारी छ ।

केन्द्रीय कार्यालय सानेपामा बसेकाे बैठकले शनिबार निधन भएका गिरिप्रति शोक प्रस्ताव पारित गर्नेछ ।

गिरिको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि अहिले केन्द्रीय कार्यालय सानेपामा पुर्याइएको छ । २ बजेसम्म त्यहाँ राखिएपछि अन्तेष्टिका लागि पशुपति आर्यघाट लगिने कांग्रेसले जनाएको छ ।