NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

रियलमी ९ प्रो फाइभ जी र रियलमी सी ३० नेपाली बजारमा

काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिलेसम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी ९ प्रो फाइभ जी र रियलमी सी ३० सार्वजनिक गरेको छ ।

लन्चमा बोल्दै रियलमी नेपालको कन्ट्री हेड मुनिश गिरीले भने ‘यो हाम्रो लागि एक दमै महत्त्वपूर्ण स्मार्ट फोन सिरिज हो । किनभने यो बेस्ट फिचर र पावर प्याक्ड पर्फर्मेन्ससहित नेपाली उपभोक्ताहरुले खोजेको मूल्यमा उपलब्ध छ ।’

रियलमी ९ प्रो फाइभजी

इन्डस्ट्री लिडिङ लाइट शिफ्ट डिजाइन युक्त यो फोनमा अत्यधिक शक्तिशाली ब्याट्रि, क्लास लिडिङ प्रोसेसर र उत्तिकै शक्तिशाली फाइभजी चिप सेट रहेको छ । एन्ड्रोइड १२ ओएस भएको यो फोनको यूआई भर्जन ३.० रहेको छ ।

यसमा फाइभजी प्रोसेसरमध्यको सबैभन्दा शक्तिशाली प्रोसेसर स्न्यापड्र्यागन ६९५ फाइभजी रहेको छ भने १२० हर्जको अल्ट्रा स्मुथ फुल डिस्प्ले रहेको छ ।

यसमा ६४ एमपिको ट्रिपल क्यामरा रहेको छ । १६ एमपिको वाइड एङ्गल सेल्फी क्यामराले ग्रुप सेल्फी लिन सहज बनाएको छ । त्यस्तै साइड माउन्टेड फिङर प्रिन्ट सेन्सर रहेको छ ।

५ हजार एमएचको शक्तिशाली ब्याट्री भएको यो रियलमी ९ प्रो फाइभजी स्ट्यान्ड–बाइ मोडमा ५८१ घण्टासम्म टिक्छ भने १३९ घण्टासम्म म्युजिक प्लेयर अन गर्न सकिन्छ । त्यस्तै यसमा भएको ३३ वाटको डार्ट चार्जिङ सोलुसनले जम्मा २७ मिनेटमा नै ५० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

अरोरा ग्रिन र सनराइज ब्लुमा ८र१२८ जीबीको स्टोरेज क्षमतासहित उपलब्ध यसको मुल्य ३८ हजार ९९९ रुपैयाँ रहेको छ ।

रियलमी सी ३०

एन्ट्री लेभलको सबैभन्दा स्टाइलिस रियलमी सी ३० को अल्ट्रा स्लिम भर्टिकल डिजाइन स्ट्राइपले यसलाई अत्यन्तै आकर्षक लुक त दिएको छ नै, यो फोन हातमा समाउन पनि उत्तिकै सजिलो छ । यो सेट यो बजेटमा उपलब्ध पातलो र हल्का मध्यको एक हो । यसको हाइ स्पिड फ्ल्यास स्टोरेजले ३ गुणासम्म छिटो डाटा रिड र राइट गर्न सक्छ । यसमा पछाडिको क्यामरा ८ एमपिको छ भने अगाडिको क्यामरा ५ एमपिको छ । शक्तिशाली ५ हजार एमएचको ब्याट्रिको साथमा प्रयोगकर्ताहरुले दिनभरी नै आनन्दसँग फोन चलाउन सक्छन् भने स्ट्यान्डबाई मोडमा ४५ दिनसम्म टिक्छ ।

यो ब्याम्बू ग्रिन र लेक ब्लु रंगमा २ र/३२ र ४/६४ को स्टोरेजमा उपलब्ध छ । २/३२ को मुल्य १४ हजार ४९९ छ भने ४/६४ को १९ हजार ९९९ रहेको छ । रियलमी सी ३० नेपालभरका स्टोर र अनलाइनमार्फत् दराजमा भाद्र ५ गतेबाट उपलब्ध हुनेछ ।