राष्ट्र बैंकले १२ अर्ब २३ करोड ट्रेजरी बिल जारी गर्ने, बोलकबोल आजै

काठमाडाैं । नेपाल राष्ट्र बैंकले १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ र ३६४ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले २८ दिनको लागि २ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी बिल असोज ४ गते परिपक्व हुनेछ । यस्तै, ९१ दिनको लागि २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल आगामी मंसिर ६ गते परिपक्व हुनेछ ।
यता, १८२ दिन अवधि भएको ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने आगामी फागुन ९ गते परिपक्व हुनेछ भने ३६४ दिनको २ अर्ब रुपैयाँको ट्रेजरी बिल २०८० भदौ ५ गते परिपक्व हुने केन्द्रीय बैंकले जनाएको छ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।
ताजा अपडेट
-
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते
-
अध्यक्ष रञ्जितालाई मन्त्री बनाउने नाउपाको निर्णय
-
भागबण्डामा सम्मानजनक नभए मन्त्रीको नाम नपठाउने शेखर समूहको चेतावनी
-
नयाँ वर्षलक्षित टिसिएलको नगदवृष्टि योजना, सामान खरिदमा ६१ हजारसम्म छुट
-
पूर्वअमेरिकी राष्ट्रपति ट्रम्पलाई फौजदारी अभियोग
प्रतिक्रिया