NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

विन्ध्यवासिनी मन्दिरको दान पेटिका चोरी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं । पोखरा महानगरपालिका -२ विन्ध्यवासिनी मन्दिरमा राखिएको नगदसहितको दान पेटिका चोरी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

प्रक्राउ पर्नेमा सोही महानगरपालिका २५ भोटेक्याम्प हेम्जा बस्ने ३० वर्षीय जिम्मि दोर्जे रहेका छन् । उक्त मन्दिरमा रहेको दान पेटिका चोरी भएको भन्ने घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले जिम्मिलाई दानपेटिकासहित पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार यस सम्बन्धमा अनुसन्धान भइरहेको छ ।