NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

फिनिस प्रधानमन्त्रीले लागूपदार्थ सेवन नगरेको पुष्टि

काठमाडाैं । साथीभाइसँगको जमघटमा नाचेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएकी फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले लागूपदार्थ सेवन नगरेको पुष्टि भएको छ ।

सामाजिक सञ्जालमा ‘भाइरल’ भएको ‘हाउस पार्टी’को भिडियोमा उनले गैरकानुनी रूपमा लागूपदार्थ र मदिरासमेत सेवन गरेको आक्षेप लागेपछि सोमबार गराएको प्रयोगशाला परीक्षणबाट उनले लागूऔषध सेवन नगरेको पुष्टि भएको हो ।

प्रधानमन्त्री मारिनको पिसाबको नमूनामा कोकिन, एम्फेटामाइन्स, भाङ र ओपिओइड्सजस्ता लागूऔषधको उपस्थिति रहेरनरहेको निर्क्यौल गर्न परीक्षण गरिएको थियो । आफूले केही मदिरा सेवन गरेको तर कुनै किसिमका लागूपदार्थ सेवन नगरेको प्रधानमन्त्री मरिनले शुक्रबार आफ्नो निवासमा कारहरूलाई बताएकी थिइन् । आफूले जीवनमा कहिल्यै पनि लागूऔषध सेवन नगरेको पनि स्पष्ट गरेकी छन् ।

चौतीस वर्षको उमेरमा प्रधानमन्त्री बनेकी मारिनको विपक्षीहरूले सरकारी निवासमा भोजभतेर र आमोदप्रमोदलगायत गतिविधि गरेकामा यसअघि पनि आलोचना गरेका थिए ।