NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

चलचित्र ‘बुलाकी’ को नयाँ प्रदर्शन मिति तोकियो, अब फागुनमा

काठमाडौं । लक्ष्मण सुनार निर्देशित चलचित्र ‘बुलाकी’ को नयाँ प्रदर्शन मिति ताेकिएकाे छ । कार्तिक १८ मा प्रदर्शनमा आउने भनिएको चलचित्र अब फागुन १९ देखि प्रदर्शनमा आउने भएको हो ।

उक्त चलचित्रमा मुख्य भूमिकामा अभिनेत्री सुरक्षा पन्त र अभिनेता नरेन खड्काको देखाइएको छ । चलचित्रलाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन् भने  शिव ढकालले छायाँकन गरेका हुन्रर । चलचित्रमा सुरुक्षा पन्त, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुल दीप अधिकारी, झलनाथ खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, कमल गाउँलेलगायतको अभिनय रहेको छ ।