NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

काठमाडौं मलमा बालेनले डोजर चलाएपछि…

काठमाडाैं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलको अनधिकृत संरचना डोजर लगाएर भत्काइदिएको छ । बुधबार महानगरका मेयर बालेन्द्र शाह (बालेन) सहितको टोलीले नक्सा पासभन्दा बाहिर गएर मलले बनाएका संरचना भत्काएको हो ।

संरचना भत्काउने क्रममा बालेनसहित उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डीआइजी मीरा चौधरीसमेत उपस्थित थिइन् । काठमाडौं मलमा कर्मचारी सञ्चय कोषको स्वामित्व छ ।

यसअघि सोमबार महानगरले बानेश्वर क्षेत्रमा अन्य रूपमा प्रयोजन भइरहेका पार्किङ संरचना भत्काएको थियो । महानगरले ३५ दिने सूचना दिँदा पनि अटेरी गरेपछि अनधिकृत संरचना भत्काएको जनाएको छ ।

‘एक्सन’मा उत्रिएका बालेनले भने : बानेश्वरबाट कारबाही सुरु गरेका छौँ, बिस्तारै सबैतिर पुग्छ (६ तस्बिरसहित)