NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

साओमीको साओमी १२ लाइट नेपाली बजारमा

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर साओमीले अल्ट्रा स्लिम साओमी १२ लाइट नेपाली बजारमा ल्याएको छ । हरेक व्यक्तिको छुट्टा–छुट्टै व्यक्तित्व हुन्छ र यही कुरालाई मध्यनजर गरेर को डिजाइन साओमी १२ लाइट गरिएको हो जुन फ्यासनेबल छ र जुन सेट चलाउँदा एउटा छुट्टै लक्जरियस अनुभुति हुन्छ ।

साओमीका कन्ट्री जनरल म्यानेजर अमित पण्डाले भने,  ‘साओमीले नवीनतम प्रविधिमा अपडेट भईरहन रुचाउने ग्राहकवर्गलाई ध्यानमा राख्दै सुप्रिम पर्फर्मेन्स क्षमता भएका र आकर्षक डिजाइनका टप नच फोन सेटहरु समय–समयमा विकास गरिरहन्छ । यसै क्रममा हामीले हाम्रो मोस्ट अवेटेड र फ्यासनेब्ली अपिलिङ स्मार्ट फोन साओमी १२ लाइट ल्याएका छौँ । यो फोनबाट उपभोक्ताहरुले फ्ल्यागशिप पर्फर्मेन्सको अभुतपुर्व अनुभव लिनुहुनेछ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ ।”

उनले थप भने, यसमा फ्ल्यागशिप डिजाइन त छ नै, साथै १०८ एमपीको मेन क्यामरा, ८एमपीको अल्ट्रा वाइड एङल क्यामरा र २ एमपीको म्याक्रो क्यामरा भएकोले उपभोक्ताहरुले लक्जरियस एक्स्पिरियन्स लिन सक्नेछन् ।

फ्यासन फर्वाड लाइफ स्टाइलको लागि स्लिक र रिफाइन्ड डिजाइन

७.२९mm को मोटाइ र जम्मा १७३ ग्रामको फेदरवेट र अल्ट्रा स्लिम साओमी १२ लाइट हरियो , गुलाफी र कालो रंगहरुमा उपलब्ध छ । प्रिमियम एस्थेटिकको लागि यसको पछाडि पट्टीको भागमा युनिफाईड म्याट कलर ग्रेडिएन्त फिनिश दिइएको छ । तीनवटा क्यामराको वरिपरि भएको मेटल रिङ्गहरुले यो स्लिक र युनिक सेटलाई अझ लक्जरियस टच प्रदान गर्छन् ।’

कभर शट लिनको लागि स्टुडियो लेभलको क्यामरा

यसमा भएको तीन–तीन वटा शक्तिशाली लेन्सहरुले जुनसुकै कोणबाट हाइ डेफिनिसन तस्बिर लिन सकिन्छ। त्यस्तै यसमा भएको मोसन क्याप्चर इनेबल गरेर आइ ट्र्याकिङ फोकसमा स्टाइलिश कभर शटहरु लिन सकिन्छ।

त्यस्तै अगाडि भएको ३२ एमपीको क्यामरामा जडित जिडिटू सेन्सर र अटो फोकसले स्पष्ट र उच्च गुणस्तरीय सेल्फी खिच्न सकिन्छ। साथै दुईवटा सफ्ट एलइडी सेल्फी ग्लोले प्रयोगकर्ताको प्राकृतिक सुन्दरतालाई राम्रोसँग कैद गर्छ । १९ वटा टेम्पलेट सहितको भ्लग मोडबाट विभिन्न किसिमका भ्लगहरु तुरुन्तै बनाउन मिल्नुका साथै यसमा वान क्लिक ब्क्ष्, र अन्य थुप्रै सिनेम्याटिक फिल्टरहरु पनि उपलब्ध छन्।

६७w टर्बो चार्जिङको साथ फ्ल्यागशिप–स्तर छन् प्रदर्शन

साओमी १२ लाइट को Snapdragon® 778G चिपसेटले फ्ल्यागशिप लेभलको छन् पर्फर्मेन्स प्रदान गर्नुको साथै यसको मल्टी टायर कुलिङ सिस्टमले फोनलाई तातो हुनबाट बचाउँछ । त्यस्तै ४३०० एमएचको ब्याट्रि भएको हुँदा दिनभरी चलाउँदा पनि ब्याट्रिको समस्या हुँदैन । त्यस्तै ६७ वाटको टर्बो चार्जिङले १३ मिनेटमै ५०५ सम्म ब्याट्रि चार्ज गर्न सक्छ ।

त्यस्तै साओमीको अडाप्टिभ चार्ज एल्गोरिदमले प्रयोगकर्ताको नाइट टाइम चार्जिङ रुटिन अध्ययन गरेर चार्जिङ स्ट्राटेजी पनि अप्टिमाइज गर्छ।

हरेक दिन इमर्सिभ भ्यु र साउन्ड एक्स्पिरियन्स

फर्स्ट क्लास इमर्सिभ भ्युइङ एक्स्पिरियन्सको लागि यसमा ६.५५ इन्चको एमोलेड डिस्प्ले राखिएको छ जसमा ज्म्च्ज्ञण्ं र डल्बी भिजन दुइटै छ । साथै यसमा भएको ट्रुकलर डिस्प्ले, १२० हर्जको स्क्रिन रिफ्रेश रेट, २४० हर्जको टच स्याम्प्लिङ रेटले प्रयोगकर्तालाई अत्यन्तै स्मुथ अनुभव प्रदान गर्छन् । त्यस्तै आँखामा पर्ने प्रेसर कम गर्न यसमा सन लाइट मोड ३.०, रिडिंग मोड ३.०र ट्रु डिस्प्ले राखिएको छ । साथै डुअल स्टेरियो स्पिकर र डल्बि एट्मस स्पासियल अडियो टेक्नोलोजीले प्रयोगकर्तालाई इमर्सिभ साउन्ड एक्स्पिरियन्स प्रदान गर्छन्

६ं१२८ जिबी र ८ं१२८ जिबीस्टोरेज सहित आउने साओमी १२ लाइट हरियो , गुलाफी र कालो रंगहरुमा उपलब्ध छ । यसको मुल्य ६ं१२८ जिबी –५०९९९ र ८ं१२८ जिबी–५३९९९ रहेको छ । यो सेट नेपालभरिको सम्पूर्ण आधिकरिक स्टोरहरुमा हहबाट उपलब्ध हुनेछ ।

ताजा अपडेट

नेपालवाच विशेष