NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

ठूला लगानीका १० हिन्दी फिल्म, जुन अड्किए

ठूला स्टारले पनि बक्स अफिसमा सफलता दिलाउने ग्यारेन्टी बलिउडमा छैन । हिन्दी फिल्मको हालत यसरी खराब बन्दै गइरहेको छ कि कुनै पनि निर्माता फ्लपको ट्याग लागेका स्टारलाई अफर गर्नसक्ने स्थितिमा छैनन् ।

यस वर्ष अक्षयकुमारका कुनै पनि फिल्म हिट हुन सकेका छैनन् । आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ले त हिन्दी फिल्म उद्योगको थप बढाइदिएको छ । फिल्म असफलको सिलसिला चलिरहँदा घोषणा गरिएका फिल्म जहाँको तही रोकिएका छन् भने कतिपयको सुटिङ स्थगित भएको छ ।

आउनुहोस् हामी तपाईंलाई बलिउडका त्यस्ता १० फिल्मबारे बताउँछौं :

१. सुभाष कपुरको ‘मुगल’

कुनै समय देशकै ठूलो फिल्म तथा म्युजिक कम्पनी खडा गरेका गुलशन कुमारको बायोपिक ‘मुगल’ अनिश्चितकालका लागि स्थगित भएको छ । फिल्मको स्क्रिप्टलाई लिएर निर्देशक र टी–सिरिजबीच चलिरहेको विवादबीच फिल्म स्थगित भएको हो । आमिर खानको अघिल्लो फिल्मले भारतमा रिलिजको समयदेखि नै धेरै समस्याहरूको सामना गरेको छ र यसैबीच ‘मुगल’ निर्देशक सुभाष कपूरले आफ्नो अर्को फिल्म ‘जॉली एलएलबी ३’ सुरु गर्ने मनस्थिति बनाएका छन् ।

२. शशांक खेतानको ‘स्क्रू ढीला’

करण जोहरले टाइगर श्राफ अभिनित फिल्म स्क्रू ढीला’ घोषणा गरेका थिए । फिल्मलाई ख्यातिप्राप्त निर्देशक शशांक खेतानले निर्देशन गर्ने भनिएको थियो । तर अहिले यो फिल्म कोल्ड स्टोरेजमा पुगेको छ । टाइगर श्राफको पछिल्लो रिलिज ‘हीरोपंती २’ को बक्स अफिस नतिजा हेर्दा ‘स्क्रू ढीला’को भविष्य पनि संकटमा पर्ने अनुमान गरिएको छ । तथापि, धर्मा प्रोडक्सनले टाइगरको फिल्म बन्द नभएको जनाएको छ ।

३. करण जोहरको ‘तख्त’ और ‘शुद्धि’

‘स्क्रू ढीला’ अघि करण जोहरले दुई फिल्म ‘तख्त’ र ‘शुद्धि’ बनाउने घोषणा गरेका थिए, जसलाई स्थगित गरेका छन् । ‘तख्त’ एक पिरियड ड्रामा फिल्म थियो, जसमा रणवीर सिंह, आलिया भट्ट, करिना कपूर, विक्की कौशल, जान्हवी कपूर, भूमि पेडनेकर र अनिल कपूरलाई अभिनय गराउने निश्चित गरिएको थियो । चलचित्रको छायांकन सन् २०२० मा नै सुरु हुने भनिएको थियो । तर कोरोना महामारीका कारण चलचित्रको छायांकन सुरु हुन सकेको छैन । करण जोहरले यसअघि करिना कपुर र ऋतिक रोशन अभिनित फिल्म ‘शुद्धि’को पनि घोषणा गरेका थिए । ऋतिक र करिनासँगको प्रोजेक्ट अघि बढ्न नसकेपछि करण जोहरले वरुण धवन र आलिया भट्टलाई लिएर बनाउने निर्णय गरे तर अहिलेसम्म फिल्म सुरु भएको छैन ।

४. सञ्जय लीला भन्सालीको ‘इंशाअल्लाह’

सञ्जय लीला भन्साली सलमान खान र आलिया भट्टलाई लिएर फिल्म ‘इन्शाअल्लाह’ बनाउन चाहन्थे । तर सुटिङ सुरु हुनुअघि नै सलमान खान र सञ्जय लीला भन्सालीबीच वैचारिक मतभेद हुँदा फिल्म सुरु हुन सकेन । पछि सञ्जय लीला भन्सालीले पनि ऋतिक रोशनलाई यो फिल्मको लागि सम्पर्क गरे तर उनीसँग पनि कुरा मिल्न सकेन । सञ्जय लीला भन्सालीले फिल्मकी नायिका आलिया भट्टलाई ‘इन्शाअल्लाह’का लागि साइन गरिसकेकाले सोही पारिश्रमिकमा उनले आलिया भट्टसँग ‘गंगुबाई काठियावाडी’ बनाएका थिए ।

५. आदित्य धरको ‘द इम्मॉर्टल अश्वत्थामा’

विक्की कौशलसँग ‘उरी द सर्जिकल स्ट्राइक’ निर्देशन गरेका आदित्य धर आफ्नो ड्रीम प्रोजेक्ट ‘द इम्मॉर्टल अश्वत्थामा’ विक्की कौशलसँग बनाउन चाहन्थे। यस फिल्मको बारेमा उनको कुराकानी रोनी स्क्रूवालासँग भएको थियो । तर सुटिङ सुरु हुनुअघि नै यस परियोजनाबाट उनी पछि हटे । यसपछि आदित्य धरले जियो स्टुडियोसँग कुरा गरे तर फिल्ममा विक्की कौशलको नाममा सहमति भएन र फिल्म बन्द भयो ।

६. सञ्जय पूरन सिंह चौहानको ‘चंदा मामा दूर के’

‘लाहौर’जस्ता अवार्ड जितेका फिल्म बनाएर चर्चामा आएका निर्देशक सञ्जय पुरन सिंह चौहानले सुशान्त सिंह राजपूतसँग ‘चंदा मामा दूर के’ घोषणा गरेका छन् । सञ्जय पूरन सिंहले लामो समयदेखि नासामा गएर यो फिल्मबारे अनुसन्धान गरेको दाबी गरिएको थियो । सुशान्त सिंह राजपुत आफ्नो चरित्रको तयारीका लागि लामो समयसम्म नासामा बसेको कुरा बाहिर आएको थियो । तर यो कुरा हावामै रह्यो र फिल्म सुरु हुन सकेन ।

७. शेखर कपुरको ‘पानी’

विगत २० वर्षदेखि निर्देशक शेखर कपुर आफ्नो ड्रिम प्रोजेक्ट ‘पानी’ को लागि चर्चा चलाइरहेका छन् । तर अहिलेसम्म फिल्म सुरु हुन सकेको छैन । शेखर कपुरले यसअघि ऋतिक रोशनलाई लिएर यो फिल्म बनाउन चाहेका थिए तर ऋतिक रोशनसँगको प्रोजेक्ट अघि नबढ्दा उनी सुशान्त सिंह राजपुतसँग फिल्म बनाउन चाहन्थे । तैपनि, फिल्म सुरु हुन सकेन । यशराज फिल्म्सले यो फिल्मको निर्माण गर्ने घोषणा गरेको थियो ।

८. अनुराग कश्यपको ‘गुलाब जामुन’

अभिषेक बच्चन र तापसी पन्नुलाई लिएर बनेको फिल्म ‘मनमर्जियाँ’ को क्रममा खबर आएको थियो कि यो फिल्मपछि अभिषेक बच्चनले अनुरागलाई ऐश्वर्या रायसँग अर्को फिल्मका लागि ग्रिन सिग्नल दिएका छन् । यो फिल्म ‘गुलाब जामुन’ नाममा बनाउने प्रस्ताव थियो । तर अनुरागले अहिलेसम्म यो फिल्म सुरु गर्न सकेका छैनन् । यसैबीच अनुरागका दुई फिल्म ‘चोक्ड’ र ‘दो बारा’ रिलिज भएका छन् ।

९ राजा कृष्ण मेननको ‘डिंग्को सिंह’

निर्देशक राजा कृष्ण मेननले दिवंगत बक्सर डिङ्को सिंहको बायोपिकमा शाहिद कपूरलाई अभिनय गर्ने घोषणा गरेका थिए । तर अहिलेसम्म सुरु हुन सकेको छैन । पद्मश्री डिङ्को सिंह एक उत्कृष्ट बक्सर थिए। अवार्ड विजेता खेलाडी उनले धेरै पटक देशको नाम राखे । उनको बायोपिक अहिले एक प्रकारले बन्द भएको छ ।