यही हो अल्फाबिटाको विवादित संरचनाको नक्सा
काठमाडौं । अनधिकृत रुपमा संरचना बनाएको पाइएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आज बिहान बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा दलबलसहित गए ।
यसै क्रममा अल्फाबिटाका सञ्चालक द्विराज शर्मा सिवाकोटीले आफूहरूलाई सूचना नै नभएको भन्दै बालेनसँग उल्टै प्रश्न गरेका थिए । तर बालेनले पत्रिकामा ३५ दिने सूचना निकालेको भन्दै अनधिकृत संरचना हटाएर सहयोग गर्न आग्रह गरेका हुन् ।
बालेनले एउटा काम गर्ने भनेर अर्कै काम गरेको पाइएको भन्दै संरचना हटाइने जानकारी दिएका थिए । सोहीबेला सञ्चालक सिवाकोटीले नक्सा विवाद झिकेका थिए ।
तर, न त्यहाँ बालेनसँग नक्सा थियो न सञ्चालक सिवाकोटीसँग थियो ।
नक्सा नहुँदा झनै विवाद चुलिएको थियो ।
यसैबीच, विवाद भएको अल्फाबिटाको उक्त संरचनाको नक्सा बाहिरिएको छ ।
यस्तो छ नक्सा :
पार्किङका लागि बनाइएको बेसमेन्टमा व्यवसाय संचालन गर्न दिने अल्फाबिटाका संचालकलाई बालेनले थर्काएपछि …
ताजा अपडेट
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
आजको मौसम : पहाडमा वर्षा, तराईमा हुरी
-
एकैदिन अदालतका महत्वपूर्ण फैसला, आलमलाई जन्मकैद, टोपबहादुरलाई जेल
-
नेताको सेवामा खटिएका सुरक्षाकर्मीको तलब रोक्का हुने
-
वाइवाइ चाउचाउमा क्यान्सर हुने एसिड उच्च, बालेनद्वारा दुई लाख जरिवाना
प्रतिक्रिया