NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

प्रभु क्यापिटलको भदौ ३१ मा एजीएम, यस्ता छन् एजेण्डा

काठमाडौं । प्रभु क्यापिटलको १४ औं वार्षिक साधारण सभा भदौ ३१ गते हुने भएको छ ।साधारणा सभा होटल एल्फट, छाँया सेन्टर ठमेल काठमाडौमा दिउँसो १२ : ३० बजे सुरु हुनेछ ।

सभामा प्रभुले ९५ नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्ने छ । त्यस्तै कम्पनीले गत वर्षको नाफाबाट यो नगद लाभांश वितरण गर्न लागेको हो ।

सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि पेश हुनेछ ।