NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बालेनप्रति महेश बस्नेतको कटाक्ष : कति कमजोर रहेछौं मेरो एउटा स्टाटसले भूकम्प गयो

काठमाडौं । काठमाडौंका मेयर बालेन शाहले अनधिकृत रुपमा बनाइएका संरचना भत्काएपछि उनी चर्चाको शिखरमा छन् ।

आफू समर्थिक अल्फाबिटाका संचालकले बनाएको अनधिकृत संरचना बालेनले डोजर लगाएर भत्काएपछि बस्नेत आक्राम बन्दै आएका छन् ।

उनले बालेनलाई दुईचार सय फेसबुके फ्यानको आधारमा अर्काको संरचना भत्काउँदै हिंडेको, डोजर चलाउन मन भए ड्राइभिङ सिकेर आउन पनि आग्रह गरेका थिए । त्यसमा बालेनले नियम कानुन सबैले मान्नुपर्ने भन्दै बरु तपाईंको घरको नक्सा पास छ कि छैन भनेर सोधेका थिए ।

फेरि शुक्रबार बालेनमाथि महेश झन् खनिएका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, कति कमजोर धरातलमा टिकेका रहेछौ नव उद्वारवादी, मवदी र सस्तो लोकप्रियतावादी साथी हो मेरो एउटा सानो स्टाटसले नै भूकम्प गयो त।’ आफूहरूसँग नजिक भएको कारणले बालेनले डोजर लगाएको हो भने बालेनको सन्की र लहडी आतंक नियन्त्रण गर्ने पनि बस्नेतले चेतावनी दिएका छन् ।

बालेनले पछिल्लो समय अनधिकृत रुपमा बनाइएका संरचना भत्काउँदै हिंडेका छन् ।

महानगरपालिकाबाट पार्किङका लागि भन्दै सहुलियतमा नक्सा पास गर्ने तर मोटो रकम लिएर त्यस्ता संरचना भाडामा लगाई सडकमा पार्किङ गर्न थालेपछि बालेन आफैं फिल्डमा उत्रिंदै संरचना भत्काउँदै हिंडेका हुन् ।