NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

नेपाल र केन्याबीच आज तेस्रो खेल हुँदै, दुवै जितको खोजीमा

काठमाडौं । तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा आज नेपाल र केन्याबीच प्रतिस्पर्धा हुने भएको छ ।

नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा तय खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजेबाट हुनेछ ।

नेपाल र केन्याबीच यसअघि भएको प्रतिस्पर्धामा दुवैले एक÷एक खेल जितेका छन् । पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएकोमा दोस्रो खेलमा केन्याले १८ रनले नेपालसँग बदला लिएको थियो ।

दुवै देश आजको खेलमा आफ्नो जित निकाल्ने दाउमा छन् ।