महिलालाई धेरै ठाउँमा प्रत्यक्ष चुनाव लड्न दिन दलहरूलाई संग्रौलाको माग
काठमाडौं । कांग्रेस सांसद डा. डिला संग्रौलाले ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा धेरैभन्दा धेरै महिलालाई प्रत्यक्ष चुनाव लड्ने अवसर दिन माग गरेकी छिन् ।
संसद्को शून्य समयमा बोल्दै सांसद संग्रौलाले प्रत्यक्ष चुनाव लड्न महिला तत्पर र सक्षम रहेको भन्दै सबै दलले प्रत्यक्षमा महिला उम्मेदवारको संख्या बढाउनुपर्ने बताएकी हुन् ।
‘नेपाली महिलाहरुको प्रमुख चाड, हरितालिका तीज, ऋषि पंचमी एवं गौरा पर्व , को अवसरमा नेपाल तथा संसारभरि रहनु भएका दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिको मंगलमय कामना गर्दछु। साथै आउँदो मंगसिर ४ गते हुन गैरहेको संघीय तथा प्रदेश सभाको निर्वाचनमा बढी भन्दा बढी महिलाहरुलाई प्रत्यक्ष तर्फ चुनाव लड्न अवसर प्रदान गर्न सबै राजनीतिक दलका नेतृत्वलाई आग्रह गर्दछु’ उनले भनेकी छिन्, ‘२१ औं शताब्दीमा नेपाली महिला प्रत्यक्ष चुनाव लड्न तत्पर छन्। घर चलाउन मात्रै हैन, देश चलाउन पनि सक्षम छन्। तर नेतृत्वले उनीहरुलाई कम आँक्नु भएन ।’
ताजा अपडेट
-
एमबीएसको प्रश्नपत्र आउट गर्ने थप दुईजना पक्राउ
-
मुग्लिन–नारायणगढ सडकमा सुख्खा पहिरो, सडक दुईतर्फी अवरुद्ध
-
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो
-
अस्पतालमा सेवा अवरूद्ध नगर्न स्वास्थ्यकर्मीलाई मन्त्रालयको अपिल, दोषीमाथि कारबाही प्रक्रिया अघि बढेको दाबी
-
मुस्ताङको शिन्तामणि संसारकै उत्कृट लक्जरी रिर्सोट


प्रतिक्रिया