NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

विवाहको २४ वर्षपछि छुट्टिए सलमानका भाइबुहारी

एजेन्सी । बलिउड अभिनेता सलमान खानका कान्छा भाइबुहारी विवाह भएको २४ वर्षपछि अलग भएका छन् । फेसन डिजाइनर सीमा सजदेह र बलिउड अभिनेता तथा निर्देशक सोहेल खानले वैवाहिक जीवन टुंग्याउने निर्णय गरेका हुन् ।

उनीहरूका एक छोरा योहान छन् । हाल दुवैजना छुट्टाछुट्टै अपार्टमेन्टमा बस्दै आएका छन् । डिभोर्सबारे सीमाले एक अन्तवार्तामा खुलेरै कुरा गरेकी हुन् । उनले उक्त अन्तर्वार्तामा आफूलाई अब केही कुराले पनि फरक नपर्ने बताएकी छिन् ।

बलिउड बबलसँगको कुराकानीमा सीमाले भनिन्, ‘म आफ्नो जिन्दगीलाई सकारात्मक रूपमा हेरिरहेकी छु । जीवनका नकारात्मक पाटोलाई पछाडि छोडिसकेकी छु। अब म यस्तो अवस्थामा पुगिसकेकी छु कि मलाई अब केही कुराको पनि मतलब छैन । मेरो परिवार र साथीहरूलाई म को हुँ भन्ने राम्ररी थाहा छ ।’

सामाजिक सञ्जालमा पनि सीमाले आफ्नो नामबाट खान हटाएर सीमा किरण सजदेह बनाएकी छिन् ।

सोहेल र सीमाले सन् १९९८ मा भागेर विवाह गरेका थिए । सीमा दिल्लीकी हुन् । उनी फेसन डिजाइनिङमा क्यारियर बनाउनका लागि मुम्बइ पुगेकी थिइन् । यसैबीच सोहेलसँग भेट भएको थियो । दुवैले केही समयको प्रेम सम्बन्ध पछि विवाह गर्ने निर्णय गरे तर सीमाका परिवारले अनुमति दिएनन् ।

परिवारले नमान्दा नमान्दै सोहेल अभिनित फिल्म ‘प्यार किया तो डरना क्या’ रिलिज भएकै दिन उनीहरू घरबाट भागेर विवाह गरेका थिए । परिवारले पछिमात्रै उनीहरूको सम्बन्ध स्वीकार गरेका थिए ।