NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बीच भागमा पल्टियो ट्रक, सडक अस्तव्यस्त

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान ट्रक पल्टिदा राजमार्ग अवरुद्ध भएको छ ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ट्रक सडकको बीच भागमै पल्टिएको हो ।

ट्रक पल्टिएपछि मुख्य राजमार्ग अवरुद्ध हुँदा सडकमा सवारीसाधनको लाइन लागेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

वैकल्पिक मार्गबाट सवारीसाधनलाई वारपार गराउने काम भइरहेको प्रहरीले जनाएको छ । क्रेनको सहायताबाट ट्रकलाई हटाएपछि मात्र पूर्णरूपमा राजमार्गमा सञ्चालन आउने बताइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष