NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

प्रदेश १ को बजेट अधिवेशन आह्वान, पहिलो बैठक भदौ १७ गते

विराटनगर  । प्रदेश नं १ को प्रदेशसभाको १०औँ बैठक तथा बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुने भएको छ ।

गत साउन २२ गतेदेखि स्थगन भएको प्रदेशसभाको बैठक यही भदौ १७ गते दिउँसो १ बजे तय भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

लामो समयदेखि स्थगन भएपछि प्रदेशसभामा पेस हुने प्रदेश नामकरण प्रस्ताव अन्योलमा छ । बैठक प्रारम्भमै सो प्रस्ताव आउन सक्ने बताइएको छ ।