NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

गुल्मी प्रदेशसभा सदस्यका लागि कांग्रेसबाट माधव न्यौपानेले दिए आवेदन

काठमाडौं । मंसिर ४ मा हुने प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ गुल्मी क्षेत्र–१ ‘ख’ मा कांग्रेसबाट माधवप्रसाद न्यौपानेसहित पाँच जनाले दाबी प्रस्तुत गरेका छन् ।

प्रदेशसभा सदस्यका लागि न्यौपानेले बुधबार कांग्रेस क्षेत्रीय कार्यसमितिमा आवेदन दिएका हुन् । जिल्लामा बौद्धिक र समाजसेवीको रूपमा परिचित रहेका न्यौपाने प्रदेशसभा सदस्यका लागि आफू योग्य रहेको दाबी गरेका छन् ।

‘युवाहरूको माग बमोजिम मैलै उम्मेदवारी दिएको हुँ’, उनले भने, ‘पार्टीमा मैले गरेको योगदानको आधारमा उम्मेदवारका लागि सिफारीस हुनेमा म आशावादी छु ।’

आवेदन दिनेमा अघिल्लो निर्वाचनमा पराजित भएका धनेन्द्र कार्की, शीत बलामी, मध्य भण्डारी र मुक्ती कंडेल रहेका छन् । क्षेत्रीय प्रतिनिधि रहेका न्यौपाने त्रिविका प्राध्यापकसमेत हुन् । अब जिल्ला समितिले पाँच जनामध्ये तीन जनाको नाम केन्द्रलाई सिफारिस गर्नेछ ।

२०७४ को निर्वाचनमा यो क्षेत्रबाट एमालेका कमलराज श्रेष्ठ विजयी भएका थिए । श्रेष्ठले १९ हजार ५९१ मत ल्याइ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार कार्कीले १६ हजार ३७३ मत पाएका थिए ।

अघिल्लोपटक वाम गठबन्धनका कारण गुल्मीका सबै क्षेत्रबाट कांग्रेसका उम्मेदवार पराजित भएका थिए । योपटक वामपन्थीकै सहयोगमा कांग्रेसले हारको बदला लिने तयारी गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष