NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

१० सहसचिवको सरूवा, को कहाँ पुगे ?

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बसन्त अधिकारीसहित १० सहसचिवको सरुवा गरेको छ ।

मन्त्रालयमा कार्यरत अधिकारी काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका छन् । त्यहाँ  कार्यरत लोकनाथ पौडेल मन्त्रालयमा तानिएका छन् ।

त्यस्तै यातायात व्यवस्था विभागका महानिर्देशक सुरेश राउतलाई श्रम तथा रोजगार मन्त्रालयमा सरुवा गरिएको छ । सञ्चार मन्त्रालयमा कार्यरत गोगनकुमार हमालको गृह मन्त्रालयमा सरुवा भएको छ ।

त्यस्तै पर्यटनका टोकराज पाण्डे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएको छ । यसैगरी स्किम श्रेष्ठलाई संघीय मन्त्रालयमा सुरुवा भएको छ । रोशनी श्रेष्ठ गृहमन्त्रालय र शम्भु कार्कीलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।