NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

पर्यटनमन्त्रीले थुनाएका सुरक्षागार्डलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले थुनाएका सुरक्षागार्ड शेरजंग गुरुङलाई रिहा गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई यस्तो निर्देशन दिएका हुन् ।

गृह मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री खाणले प्रक्रिया पु¥याएर सुरक्षागार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएका हुन् ।

छायाँ सेन्टरका सुरक्षागार्ड गुरुङले आइतबार पर्यटनमन्त्री श्रेष्ठलाई लाइनमा बस्न भनेका थिए । सोही कारण उनलाई मन्त्री श्रेष्ठको आदेशमा पक्राउ गरिएको थियो ।

मन्त्रीलाई लाइनमा बस्नुस् भन्दा थुनामा पुगेका सुरक्षागार्डसँग भेटेपछि के भने रवि लामिछानेले ?