NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

न्यायाधीशको संक्षिप्त सूचीमा परेका ९६ विरुद्ध उजुरी आह्वान

काठमाडौं । उच्च अदालतको मुख्य न्यायाधीश र न्यायाधीशको संक्षिप्त सूचीमा परेका ९६ विरुद्ध उजुरी आह्वान भएको छ ।

न्याय परिषद्ले बुधबार एक सूचना जारी गर्दै संक्षिप्त सूचीमा परेका उच्च अदालतका मुख्य न्यायाधीशतर्फ १५ र न्यायाधीशतर्फ ८१ जनाविरुद्ध उजुरी आह्वान गरेको हो ।

न्यायाधीश नियुक्तिको प्रक्रियासम्बन्धी निर्देशिका, २०७६ को दफा ६ अनुसार उजुरी आह्वान गरेको परिषद्ले जनाएको छ । उजुरी सचिवालयको इमेल ठेगाना ……..मा गर्न सकिनेछ ।

न्याय परिषद्ले मंगलबार उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशको संक्षिप्त सूचीमा परेकाको छनोट प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । संविधानमा न्यायाधीशको छनोटपूर्व तिनको इमान्दारिता, सदाचार, व्यावसायिकता, पारदर्शितालगायत पाटोको परीक्षण गर्न सार्वजनिक रूपमा उजुरी आह्वान गर्नुपर्ने प्रावधान छ ।