NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

आज आईफोन १४ सार्वजनिक हुँदै, कति पर्छ मूल्य ?

काठमाडाैं । एप्पलले बहुप्रतिशिक्षत आईफोन १४ सेप्टेम्बर ७ (आज) सार्वजनिक गर्ने भएको छ । ‘एप्पल इभेन्ट’को आयोजनामार्फत आइफोन–१४ सिरिजको स्मार्टफोन सार्वजनिक हुन लागेको हो ।

नेपाली समय अनुसार आज राति १०:४५ बजेबाट एप्पल इभेन्ट सुरू हुने जनाइएको छ । उक्त कार्यक्रममा कम्पनीले आईफोन १४, आईफोन १४ म्याक्स, आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । साथै एप्पल वाच सिरिज ८, एप्पल वाच प्रो र एयरपड्स प्रो २ पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

एप्पलले ल्याएका विभिन्न सिरिजका आईफोनमध्ये १४ सिरिजमा सबैभन्दा उत्कृष्ट सुविधाहरु रहेको जनाइएको छ । भारतमा यस फोनको मूल्य ८४ हजार ९ सय भारु पर्ने अनुमान गरिएको छ ।

यस मोबाइलमा आईओएस भी१५ अपरेटिङ सिस्टम सञ्चालन हुने र यसमा ३६८७ एम्पियर पावर व्याट्री रहेको जनाइएको छ । यसबाट गेम खेल्न, गीत सुन्नदेखि फिल्म हेर्न सकिने छ ।

यस फोनमा ६ जिबी (याम र १२८ जिबी इन्टरनस स्टोरेज हुनेछ ।