NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

यी हुन् गएरातिको च्याम्यियन्स लिगका ८ खेलमा भएका ३ अप्रत्यासित नतिजा

काठमाडौं । गएराति आठ खेल भएसँगै युरोपियन च्याम्यिन्स लिग फुटबलको पहिलो चरण सकिएको छ ।

आठमध्ये तीन खेलमा अप्रत्यासित नतिजा आयो । जसमध्ये ६ पटकको विजेता लिभरपुलको सर्मनाक पराजय सबैभन्दा अप्रत्यासित थियो ।

इंग्लिस क्लब लिभरपुल तुलनात्मक कमजोर मानिएको इटालियन क्लब नापोलीसँग ४-१ ले स्तब्ध बन्यो ।

यस्तै, जर्मन क्लब बायर्न लेभरकुसन बेल्जियन च्याम्पियन क्लब ब्रुगसँग १-० ले स्तब्ध बन्यो । यसलाई पनि अप्रत्यासित नतिजा मानिएको छ ।

यसैगरी, अर्को जर्मन क्लब इन्ट्राच्ट फ्रान्कफर्ट पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनसँग ३-० गाल अन्तरले पराजित भयो । यो पनि अप्रत्यासित नतिजा हो ।

अन्य पाँच खेलमा भने स्वाभाविक नतिजा आएको विश्लेषण गरिएको छ । स्पेनिस क्लब बार्सिलोनाले चेक क्लब भिक्टारिया प्लाजानलाई ५-१ ले हरायो भने जर्मन महारथीले इटालियन क्लब इन्टर मिलानलाई २-० ले पराजित गर्यो ।

अर्को स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले पोर्चुगिज क्लब एफसी पोर्टोलाई २-१ ले हराउँदा इंग्लिस क्लब टोटनहमले फ्रेन्च क्लब मार्सेईलाई २-० ले पाखा लगायो ।

यस्तै, डच क्लब आयाक्सले स्कटिस क्लब रेन्जर्सलाई ४-० ले स्तब्ध बनायो ।

च्याम्पियन्स लिगमा गएराति भएका आठ खेलको नतिजा यस्तो