NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

निहारिका प्रकरण : डिएनए परीक्षण गर्न अदालत हाजिर भए शिवराज

काठमाडौं । कुमारी आमा निहारिका राजपुतले आफ्नो बच्चाको बाबु दाबी गरेका शिवराज श्रेष्ठ डिएनए परीक्षणका लागि उच्च अदालतमा हाजिर भएका छन् । उनी आज अदालतमा हाजिर भएको अदालतनिकट स्रोतले जनाएको छ ।

निहारिकाको मागबमोजिम केही दिनअघिमात्र अदालतले शिवराज र बच्चाको डिएनए परीक्षण गर्न आदेश दिएको थियो ।

शिवराजले बलात्कार गरेपछि आफ्नो छोरा जन्मिएको निहारिकाले दाबी गर्दै आएकी छिन् । तर, अदालतले भने शिवराजलाई यसअघि नै सफाइ दिइसकेको थियो ।

तर, निहारिका न्यायका लागि भन्दै अनसन बस्दै आएकी छिन् । शिवराजले आफ्नो बच्चा भएको अस्वीकार गर्दै आएपछि निहारिकाले डिएनए परीक्षणको माग गरेकी हुन् ।